चिनियाँ विशेषज्ञको चे’तवानी: अन्य थुप्रै कडा भाइरस आउने सम्भावना छ, कोरोना त फुच्चे हो

0

एजेन्सी। चीनको एक प्रमुख भाइरोलोजिस्टले कोरोनाभाइरस फुच्चे भएको र समस्याको आरम्भ मात्र भएको अनि यसभन्दा खतरनाक भाइरसहरू पनि रहेको बताएकी छन् ।

वुहान इन्स्टिच्युट अफ भाइरोेलोजीकी उपनिर्देशक शी झेंगलीले चीनको सरकारी टेलिभिजनसँग कुरा गर्दै नयाँ भाइरसहरूका विषयमा चे’तावनी दिएकी हुन् । शीले चमेराहरूमा कोरोनाभाइरसका विषयमा अनुसन्धान गरिसकेकी छन् । उनलाई ब्याट वुमन भनी चिनिने गर्छ ।

भाइरसका विषयमा गरिने अनुसन्धानमा सरकार र वैज्ञानिकहरू पारदर्शी हुनुपर्ने उनले बताइन् । सीजीटीएनसँग कुरा गर्दै शीले भनिन्, ‘मानिसहरूलाई सरुवा रोगबाट बचाउने हो भने जीवहरूमा भएको अज्ञात भाइरसका विषयमा शुरूदेखि नै जानकारी जुटाउनुपर्ने र चे’तावनी दिनुपर्ने हुन्छ ।’ अज्ञात भाइरसहरूको अध्ययन नगरेमा अर्को संक्रामक रोग फैलिन सक्ने शीको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.