३ तोला सुनको सिक्री लगाउने पनि राहतको लाइनमा

0

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जो,र्न नसक्ने श्रमिक, मजदुर एवं वि,पन्न वर्गका लागि राहत वितरण शुरु गरेका छन् ।

राहत वितरण शुरु गरेसँगै मजदुर एवं विपन्न वर्गका नाममा गलामा तीन तोला सुनको सिक्री लगाउनेहरु पनि लाममा बसेको वडा नं. २६ का अध्यक्ष ख्यामराज तिवारीले राससलाई जानकारी दिए । मजदुर एवं विपन्न वर्गका मानिसको स्पष्ट परिभाषा र तथ्याङ्कसमेत नहुँदा यस्तो समस्या आउने गरेको उनले सुनाए । सम्पन्न मानिससमेत पाँच किलो चामल लिन लाममा बस्ने गरेका छन् ।

‘मजदुर, विपन्न, असक्तलाई राहत दिने भनिएकामा हुनेहरु पनि लाममा बसे, तपाइँहरु किन लाममा भन्दा खान पाइएन भन्छन्, सामान किन्न नपाएको भए पसललाई भनिदिन्छु भन्दा पनि राज्यले दिएको सुविधा हो भन्दै पाँच किलो चामल बोकेर हिँडे, भूकम्पका बेला हुनेखाने एवं घरमा क्षति नभएकाले पनि राहतको त्रिपाल बोकेर हिँडेजस्तो अवस्था आएको छ,’ अध्यक्ष तिवारीले भने ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनमा वितरण गरिएको राहत निजी कार चढेर सुकुम्बासी बस्तीमा बसेजस्तै भएको छ । ठमेल, लैनचौर, गोङ्गबु नयाँबसपार्कजस्ता क्षेत्र पनि पर्ने वडामा मजदुरका नाममा राहत लिन लगत सङ्कलनका लागि नाम लेखाउनेको पनि उपस्थिति हुने गरेको छ । रासस

Leave A Reply

Your email address will not be published.