फेरी थप २१ जनाले जिते कोरोना

0

वीरगन्ज : वीरगन्जको विशेष कोरोना गण्डक अस्पतालमा उपचारत २१ जनाले मंगलबार कोरोना जितेका छन्। विशेष कोरोना गण्डक हस्पिटलमा उपचाररत रहेका ३० संक्रमितमध्ये २१ जना मंगलबार राति १० बजे डिस्चार्ज भएका हुन् ।मङगलबार राति डिस्चार्ज हुनेमा २१ जना सबै पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाका हुन्। ती मध्ये १७ जना पुरुष र ४ महिला छन्। डिस्चार्ज हुने १५ महिने बालकसहित ३ जना बालबालिका पनि रहेको विशेष कोरोना गण्डक अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

अस्पतालमा ल्याएर राखिएपछि लगातार दोश्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएका २१ जनाको स्वास्थ्य अवस्था पनि सामान्य रहेकाले डिस्चार्ज गरिएको डाक्टर सिंहले बताए। वीरगन्जको अस्पतालबाट भर्ना भएका १०२ संक्रमितमध्ये मङगलबारसम्म ९३ जना निको भइ घर फर्किएका छन्। चैत २९ गते देखि जेठ ११ सम्म पर्सा, अन्य जिल्लाका र भारतीय गरेर १ सय २ जना संक्रमितलाई उपचारका लागि भर्ना भएका थिए। तीमध्ये मङगलबारसम्म ९३ डिस्चार्ज भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

पछिल्लो ४ दिनमा मात्रै ९१ जना निको भइ अस्पतालबाट घर फर्किएका हुन्। सोमबार मात्रै वीरगन्जको नारायणी अस्पालबाट ४३ जना डिस्चार्ज भएका थिए। गत आइतबार राति पनि वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनाको डिस्चार्ज गरिएको थियो।त्यसअघि गत शनिबार पनि ९ जना डिस्चार्ज भएका थिए। पहिलो पटक वैशाख १४ गते भने २ जना संक्रमित निको भइ अस्पतालबाट घर फर्किएका थिए। मङगलबार राति २१ जना डिस्चार्ज भएपछि वीरगन्जको आइसोलेनमा अब ९ जना मात्रै संक्रमित उपचाररत छन्।

Leave A Reply

Your email address will not be published.