थप ३८ जनामा देखियाे काेराेना, संक्रमितको संख्या ८१० पुग्याे
काठमांडाै: बुधबार विहान थप ३८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाव संकलनको परीक्षणबाट थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको शिलापत्रले समाचार लेखेको छ ।
बुधबार थपिएका नयाँ संक्रमितहरुमा रौतहट जिल्लाकाका २९ जना, बारा जिल्लाका ७ जना र सिराह जिल्लाकाका २ जना रहेका छन् ।
यो सँगै नेपालमा कुल संक्रमितको संख्या ८ सय १० पुगेको छ । जसमा १ सय ५५ जना निको भएर घर फर्केका छन् भने ४ जनाले ज्यान गुमाएका छन् ।