भारतले ‘पाकिस्तानी जासुस’ भन्दै समातेको परेवाको रहस्य खुल्यो
एजेन्सी । भारतले पाकिस्तानी जासुर भन्दै नियन्त्रणमा लिएको एक परेवाको रहस्य खुलेको छ । एक पाकिस्तानी किसानले आफ्नो परेवा भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको भन्दै सुरक्षित रुपमा फिर्ता गर्न आग्रह गरेका छन्। उनले त्यो परेवा कुनै जासुस नभएको र आफुले पालेको एक सामान्य परेको भएको बताएका छन् ।
सोमबार भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले पाकिस्तानले पठाएको जासुसी परेवा समातेको बताएको थियो। परेवाले रिँग लगाएको र त्यसमा केही नम्बर पनि लेखिएको भन्दै भारतीय प्रहरीले त्यो पाकिस्तानी जासुस हुन सक्ने बताएको थियो ।
तर पाकिस्तानको सीमावर्ती गाउँ बग्गा सकरगढका बासिन्दा हबिबुल्लाहले आफूले पालेको मध्ये एउटा परेवा भारतीय सेनाले समातेको भन्दै फिर्ता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष आग्रह गरेका छन् । उनलेसो परेवा जासुस नभएको स्पष्ट पारेका छन्।
उनले परेवा ‘प्रोटोकलअनुसार र सम्मानपूर्वक’ फिर्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक पत्र लेख्दै आग्रह गरेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन्।
बग्गा गाउँका बासिन्दाले पाल्तु परेवा पक्राउको विरोध गर्दै सीमा क्षेत्रमा दिल्लीको विरोधमा नाराबाजी गरेको समेत बताइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यो परेवा एक महिलाको घरमा प्रवेश गरेको थियो। परेवाको खुट्टामा धातुको रिङ पनि बाँधिएको थियो। ह
बिबुल्लाहले सो रिङमा आफ्नो मोबाइल नम्बर लेखिएको पनि बताएका छन्। भारतको काश्मिरको कटुवा जिल्लामा पाकिस्तानी जासूस भएको आशंकामा परेवा पक्राउ गरिएको हो । स्थानिय गितादेवीको घरमा भेटिएको सो परेवालाई पाकिस्तानको जाजुस भएको आशंका गरिएको छ । सो परेवा स्थानियले प्रहरीलाई बुझाएका छन् ।
अन्तराष्ट्रिय सञ्चार माध्यम डेली मेलले सो समाचार सार्वजनिक गरेको छ । सो पत्रिकाकाअनुसार २४ मेमा यो परेवा गिता देवीको घरमा पसेको हो । परेवाको खुट्टामा रातो रंग लगाएको र नम्मर लेखिएको एउटा रिङ पनि लगाइएको देखिएको छ । संकास्पद देखिएपछि पाकिस्तानी जासुस हुनसक्ने भन्दै अनुसन्धान थालिएको हो ।
कटुवा प्रहरीका सिनियर सुपेरिटेन्डेनट सैलेन्द्र कुमार मिश्रले त्यो परेवा कहाँवाट आएको भन्नेमा अहिले केही नखुलेको बताएका छन् । उनले स्थानियले संकास्पद देखेर प्रहरीलाई बुझाएपछि अनुसन्धान थालिएको उनले पुष्टि गरेका छन् । चराले विभिन्न मुलुकको सिमा नाघेर जाने भएपनि सो परेवामा अनौठो रिंग र नम्मर पनि उल्लेख भएकाले आशंका गरिएको प्रहरीको भनाई छ ।
घुमन्ते चरामा त्यस्तो केही लगाइएको हुँदैन , तर, नम्बर कोड गरिएको रिङ लगाइएको परेवा सरोकारको विषय हो भन्दै अनुसन्धान थालिएको प्रहरी अधिकारीको भनाई छ । प्रहरीले अनुसन्धान नसकिएसम्म यो परेवालाई हिरासतमा राख्ने जनाएको छ । भारतले यस अघि पनि यस्तो कृयाकलाप गरेको उदाहरण छन् ।
चरालाई जासुस मानेर यस अघि पनि अनुसन्धान नगरिएको होइन । २०१५ मा यसैगरी मन्वाल गाउँमा परेवा भेटिए पछि यसरी नै अनुसन्धान गरिएको थियो । त्यस चरामा पनि उर्दूमा केही सन्देश तथा नम्बर समेत लेखिएको स्ट्याम्प लगाइएको थियो । प्रहरीले अनुसन्धान गर्दा त्यसमा पनि कुनै प्रमाण भने फेला परेको थिएन । तर, प्रहरीले हिरासतमै राखेर यस चरालाई ‘शंकास्पद जासूस’ भन्यो ।