मोदीको विस्तारवादी नीतिका कारण नेपाल र भारतबीच सीमा विवाद – इमरान

0

काठमाडौं। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विस्तारवादी नीतिका कारण नेपाल–भारतबीच सीमा वि’वाद भएको आ’रोप लगाएका छन्। खानले ट्वीटमा मोदी सरकारलाई हिन्दुत्व अतिवा’दी सरकार र नाजिवादीको संज्ञा दिएका छन्। मोदी सरकार छिमेकी राष्ट्रको लागि खतरा भएको उनले बताएका छन्।

खानले मोदीको विस्तारवादी नीतिकै भारतमा नागरिकता कानुनको विवाद भएको बताउँदै यस कानुनबाट भारतले बंगलादेशलाई निशाना साँधेको बताएका छन्। भारतले नयाँ नागरिकता कानुन पारित गराउँदै बंगलादेशका गैरमुस्लिम नागरिकले भारतमा नागरिकता पाउने बताएको थियो। विस्तारवादी नीतिबाट प्रेरित भारतले नेपाल र चीनसँग सीमा विवाद गरिरहेको पनि खानको आरोप छ। यस्तै खानले पाकिस्तानलाई चुनौती दिन भारतले बारम्बार झण्डा वि’वाद निकालेको पनि बताएका छन्।

 

Leave A Reply

Your email address will not be published.