नेपालमा खत’राको संकेतः सुर्यकाे प्रकाश नै छेक्न गरि सलह कीरा नेपाल प्रवेश गर्दै

0

एजेन्सी। विश्वभर मानव अस्तित्वलाई संकट पार्ने गरी फैलिरहेको कोरोना महामारी पृष्ठभूमिमा कृषि क्षेत्रमा अर्को ठूलो खतराको घन्टी बज्न सुरु भईसकेको छ । कोरोना महामारीले एकातिर गम्भीर खाद्य संकटको प्रक्षेपण भईरहेको छ भने अर्कोतिर अमेरिकी फौजी कीराले मकै लगायत प्रमुख खाद्यबालीमा पारिरहेको क्षती र अर्को खतरनाक कीरा ‘सलह’ नेपाल प्रवेश गर्ने ढोका नजिक आईसकेको छ ।

जलवायु परिवर्तन लगायत विविध कारणले मानव, वनस्पति, पशु लगायत सिंगो प्राणी माथि आक्रमण बढ्दा खाद्यान्न संकटनिम्तिन सक्ने र यसले विश्वभर नै भोकमरी सिर्जना गराउन सक्ने अवस्था छ । यी विविध परिघटना भईरहंदा कोरोना भन्दा महामारीका रुपमा मकै बालीको फौजी कीरा (फल आर्मी वोर्म) हालै नेपालमा र सलह कीरा (लोकस्ट) ले धेरै अफ्रिकन मुलुकहरुमा लामो समय देखि चुनौती खडा गरेका समाचारहरु प्रकाशित / प्रसारित हुँदै आएका छन् ।के हो सलह सलह एउटा अति नै हानिकारक र बालीनाली पुरै क्षती गर्ने फट्यांग्रा कीरा हो ।

यिनीहरु समूह (स्वार्म) बनाएर लामो दूरी पार गर्न सक्छन् र एकै पटक पुरै खेती बाली नष्ट गर्न सक्छन् । अफ्रिका, मध्य अफ्रिकी देश र मध्य पूर्व एसिया हुँदै पाकिस्तानबाट यो कीराहरुको हुल अहिले छिमेकी भारतको उतराखण्डमा देखा परेका समाचार आईरहेका छन् ।

यसको एउटै हुलमा असी मिलियन (८ करोड) भन्दा धेरै कीराहरु स्वार्म भएर खेतबारीमा जाने र साँझापख जमिनमा बस्ने अनि बिहान पख पात, फलफूलमा गई सबै स्वाहा बनाउँदछन् । कति दूरी हिंड्न सक्छन् ? यिनीहरु १२ माइल प्रति घण्टाका दरले एक ठाउँबाट अर्को ठाउँमा बसाईसराई सर्न सक्दछन् । यिनीहरुको प्रजनन् क्षमता धेरै भएकाले पनि नियन्त्रण गर्न जटिल मानिएको छ ।यिनीहरुको एउटै स्वार्मले १२०० वर्ग किमी भन्दा धेरै क्षेत्र ओगट्छ । प्रति वर्ग किमीमा ४० देखि ८० मिलियन (४ देखि ८ करोड) सम्म सलहहरु रहन्छन् ।

एक वर्षमै २ देखि ५ पुस्ताहरु उत्पादन गर्न सक्ने सलह एकै दिनमा १०० देखि २०० किमी भन्दा लामो दूरी तय गरेर समुन्द्र सतह देखि २००० मिटर जति माथि उड्न सक्छन् ।यिनीहरुले पटकमा आफ्नो तौल बराबर (२ ग्राम) को खाना सक्छन् । यसकारण एउटा हुल कुनै खेती बालीमा छिरे भने एकैपटकमा पुरै स्वाहा बनाएर बाली निमिट्यान्न पार्न सक्ने धेरै अध्ययनहरुले भनेका छन् ।अहिले छिमेकी देश भारतका राजस्थानमा फैलदै गरेको यो कीरा अब हाम्रो देशमा छिर्न कुनै लामो समय लाग्ने छैन । यदि समयमै यसका नियन्त्रण विधिबारे आवश्यक कदम चाल्न सकिएन र कृषकहरुलाई चलन चल्तीका प्रभावकारी उपायहरु पुर्याउन सकिएन भने ठूलो समस्या आउन सक्छ ।कसरी गर्ने नियन्त्रण पाकिस्तानमा पनि हालसालै यसको नियन्त्रणमा कठिनाई भएपछि राष्ट्रिय संकट घोषणा गरिएको थियो ।

यसलाई नियन्त्रण गर्न चीनबाट हाँसहरु ल्याएको पनि समाचार आएका थिए तर त्यो विधि प्रभावकारी हुन नसकेको भन्ने छ । अहिले यसले क्षती पुर्याएका देशहरुमा गरिदैं आएका अभ्यासहरू यस्ता छन्ठू लो आवाज निकाल्ने खालका यन्त्रहरु प्रयोग गरी भगाउनेथाल ठटाउने, वरिपरी आगोको धुँवा लगाउने, ट्रयाक्टरको आवाज प्रयोग गरी हुललाई भगाउनेहवाई जहाजहरु तथा अन्य एरियल स्प्रेयरबाट विषादीहरु उक्त क्षेत्रमा छर्कनेअचल अवस्थाहरू नियन्त्रण गर्ने ।

जैविक नियन्त्रण विधिहरु प्रयोग गर्नेजैविक विषादीहरुको उपयोग विधि अपनाउनेविभिन्न सर्भेहरु जस्तै जी.पी.एस (GPS), जीआईएस (GIS) को माध्यमबाट यस सम्बन्धि डाटाहरु संकलन गर्ने र सम्भावित प्रभाव क्षेत्रहरु पहिचान गर्ने । समयमै रोकथाम तथा नियन्त्रणका सम्भावित विधिहरु अनुसन्धान एवम अवलम्बन गरी सलह कीराको अर्को समस्या खेप्न बाट टाढै रहौं र सबै किसानहरुलाई यसबारे पूर्व जानकारी पुर्याएर पूर्व तयारी तिर लागौं ।

Leave A Reply

Your email address will not be published.