थप ४ जनामा कोरोना संक्रमण पुष्टि

0

पोखरा, १५ जेठ । स्याङ्जा र नवलपुरमा थप चारजनामा कोरोना संक्रमण देखिएको छ ।

स्याङ्जाको वालिङमा क्वारेन्टाइनमा रहेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिलामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सदरमुकाममा लैजाने तयारी भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशको बर्दघाटपूर्व नवलपुर देबचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका एक युवालाई कोरोना देखिएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.