“गोपी बहु” लाई पर्यो आपत ! साइबर अपराधमा मुद्धा दर्ता

0

भारतको चर्चित टेलिसिरियल ‘साथ निभाना साथीया’ मा गोपी बहुको भुमिका निभाएर एकाएक चर्चामा आएकी नायिका हुन् देवेलोना भट्टचार्जी । उनी संस्कारी बहुको रुपमा परिचित छिन् ।

अन्तिम समय उनी कन्ट्रोभर्सीले भरिएको सलमानको ‘बिगबोस’ मा देखिएकी थिइन् । बिरामी भएर सो बाट बाहिरिएकी उनी चर्चामा आउन अनेक फण्डा गर्ने गर्छिन् । त्यहाँ सहभागी भएकै दिन देखि उनी मिडियाको हेडलाईन बनिन् । रश्मी देसाइसँगको मित्रता र सिद्भार्थ शुक्लसँगको दुश्मनीले राम्रै बजार तताएको थियो ।

अहिले उनी बिरुद्ध साइबर क्राइममा फाईल दर्ता भएको छ । उनलाई “मुझे सादी करोगी” मा सहभागी भएका अभिनेता मयौर बर्माले उजुरी गरेका हुन् । उनले आफुलाई सधै होच्याएर बोल्ने गरेको र उनका फ्यानहरुले ट्रोलको शिकार बनाउन गरेकोले यस्तो कदम उठाउन बाध्य भएको बताएका छन् । ‘मेरो फोटोको दुरुप्रयोग गर्ने गर्छिन् र सधै दोहोर्याउँछिन्, कति सहेर बस्नु भनेर बाध्य भएर केश गरे’ उनी भन्छन् ।

Leave A Reply

Your email address will not be published.