भारतबाट १४ दिन हिँडेर काठमाडौं आएका एक जोडी, डेरामा छिर्न नदिएपछि बसभित्रै रात काट्दै

0

काठमाडौं । कोरोनाका कारण नेपाल भारत दुवै तर्फ लकडाउन छ । यस्तोमा एक जोडी भारतवाट हिँडेर काठमाडौं आइपुगेको छ । भारतमा काम गर्ने उनीहरु त्यहाँ काम बन्द भएपछि हिँडेरै काठमाडौं आइपुगेका हुन् । उनीहरुलाई यहाँ आउन १४ दिन भन्दा बढी लाग्यो । १४ दिन उनीहरु नेपाल भारत सिमानाको क्वारेन्टाइनमा पनि बसे । त्यहाँ प्रारम्भिक जाँचवाट कोरोना परिक्षण गराए । आरडिटी पििरक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरु सिमानावाट हिँडे । दुबै जनाको परिवार काठमाडौंको स्वयम्भुमा डेरा गरी बस्थे ।

उनीहरु भारतको हापुर भन्ने स्थानमा पैदल हिडेर काठमाडौं आएक हुन्। सुनौली नाकाबाट उनीहरु नेपाल प्रवेश गरेका उनीहरुले क्वारेन्टाइनमा बसेका पनि बताउँछन् । १९ वर्षका चित्रबहादुर बुढाथोकी र २२ वर्षकी सीमा मगर यसरी काठमाडौं आइपुगेका हुन् । कतै गाडीमा लिफ्ट मागेर त कहिले पैदल गर्दै उनीहरु काठमाडौं आए ।

२ दिन अघि काठमाडौं आएका उनीहरु अहिले सडकमा रोकि राखेको बस भित्र क्वारेन्टाइनमा बसेका छन् । आफ्ना आफन्त बस्ने स्वयम्भुस्थित डेरा भएको टोलमा पुग्दा उनीहरुलाई प्रवेश दिइएन । टोलवासीले टोलमै प्रवेश गर्न दिएनन् । वडाध्यक्षलाई बोलाइयो । खान बस्ने ठेगान नभएका उनीहरुले आफुहरुलाई क्वारेन्टाइनको ब्यवस्था गरिदिन आग्रह गरे तर जनप्रतिनिधि उनीहरुको ब्यवस्था नगरी त्यसै फर्कीए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १५ स्वयम्भुका वडाका प्रतिनिधि पनि टोलबासीले भारतबाट दुई जना आफ्नो टोलमा आएको खबर गरेपछि हेर्न गए । निकै छलफल पछि पनि उनीहरुको ब्यवस्था कसैले गरिदिएन । उनीहरुले तपाईहरु आफै सेल्फ क्वारेन्टाइनमा बस्नुस् हामी ब्यवस्था गर्न सक्दैनौँ भनेर गए । डेरामा बस्ने उनीहरुको परिवार पनि आर्थिक अभावमा छन् ।

चित्रकुमार आफ्नी दिदीकोमा आश्रय लिन आएका थिए । उनी पनि ज्याला मजदुरी गरेर पेट पाल्छिन् । तर काम बन्द भएका कारण उनको पनि अवस्था नाजुक छ । भोकै परेका उनीहरुलाई बुधबार राती स्वयम्भुका रेष्टुरेन्ट सञ्चालक कुमार श्रेष्ठले खाना खुवाए । रातभरी परेको पानी र असिनामा उनीहरु काम्दै बसभित्र बसिरहेका छन् ।

केही दयालुहरुले उनीहरुलाई बसमा काम्दै बसेको देखेपछि ब्ल्याङ्केट दिएका छन् । अवस्थामा रहेका उनीहरुलाई नगरपालिकाको कार्यालयले कुनै सहयोग नगरी अमानवीयता प्रर्दशन गरेको भन्दै उनीहरुले गुनासो गरेका छन् । चित्रबहादुर र सिमाले बुधबार दिउसो टेकु अस्पतालमा गएर पिसिआर रिपोर्टका लागि स्वाव पनि दिएर आएका छन् ।

Leave A Reply

Your email address will not be published.