सामाजिक सुरक्षा भत्ता निरन्तर, स्वास्थ्यलाई ९० अर्ब ६९ करोड, तरकारी र मासुमा आत्मनिर्भर बनाइने

0

काठमाडौं, १५ जेठ । सरकारले सबै किसिमका सामाजिक सुरक्षा भत्तालाई आगामी आर्थिक वर्ष पनि निरन्तरता दिने भएको छ । हाल दिँइदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिदै सरकारले सामाजिक भत्ता अवरुद्ध नहुने प्रष्ट पारेको छ ।

संघीय संसदमा आर्थिक बर्ष २०७७/७८ को बार्षिक बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले संघ, प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमि बैक स्थापना गरिने व्यवस्था पनि बजेटमा गरिएको जानकारी दिनुभयो ।

उहाँले कोरोना वीमामा ५० प्रतिशत प्रमियम सरकारले तिर्ने बताउदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ९० अर्ब ६९ करोड बनाइएको जानकारी दिनुभयो ।

आगामी बर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गर्ने उद्घोष गर्दै उहाँले स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गर्न १४ अर्ब २७ करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

उहाँले पूर्वाधार विकासका लागि १२ अर्ब ४६ करोड व्यवस्था गरिएको र भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड विनियोजन गरिएको जानकारी दिनुभयो । अर्थमन्त्री खतिवडाले आगामी वर्ष नेपाललाई तरकारी र मासुमा आत्मनिर्भर बनाइने पनि बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.