Breaking: आज पनि एकैचोटी थप १७० जनालाई कोरोना पुष्टि, संक्रमितको सख्या १२१२ पुग्यो

0

काठमाडौं, नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १७० जनामा कोरोना पुष्टि भएपछी संक्रमितको संख्या १२१२ पुगेको हो । स्वास्थ्य मन्त्रालयका प्रबक्ता बिकाश देवकोटाका अनुसार पछिल्लो २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणम १७० जनालाई कोरोना पुष्टि भएको हो ।उनका अनुसार २८ झापा, सप्तरी ४, बारा ४,पर्सा ५, सर्लाही १, म्याग्दी १, बाँके १०, कपिलवस्तु ६, कपिलवस्तु ८४, रौतहट ५६, सर्लाही ४, कपिलवस्तु १६, दाङ २ कपिलवस्तु ९ का रहेका छन्।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६४ हजार १ सय ५४ र आरडीटी विधिबाट एक लाख ५ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल संक्रमित मध्ये २०६ जनाले को’रोना जितेका छन्। जस मध्ये १६२ पुरुष र ४४ जना महिला रहेका छन्। नेपालमा पहिलो पटक माघ १० मा चीन बाट आएका नेपाली विद्यार्थीमा को’रोना पुष्टि भएको थियो । पछिल्लो समय को’रोना संक्रमण न्यूनीकरणका लागि लकडाउन गरिए पनि संक्रमित भने थपिने क्रम तीव्र बनेको छ।

Leave A Reply

Your email address will not be published.