ट्रम्पलाई चीनको जवाफ: भारतसँगको सीमा वि’वाद सुल्झाउन अमेरिका चाहिँदैन

0

काठमाडौं। भारत र चीनबीच चलिरहेको सीमा वि’वाद सल्ट्याउन मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावमाथि चीनले प्रतिक्रिया दिएको छ।

चीनका सरकारी सञ्चारमाध्यमहरूका अनुसार विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यीङले भनेका छन्, ‘भारत र चीन एकआपसको वि’वादलाई वार्ताका माध्यमबाट सुल्झाउन सक्षम छन् ।’ चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्समा छापिएको एक लेख अनुसार चीनले ट्रम्पको मध्यस्थता गर्ने प्रस्ताव खारेज गरिदिएको छ ।

ग्लोबल टाइम्समा लेखिएको छ, ‘दुवै ट्रम्पको मध्यस्थता आवश्यक छैन । चीन र भारत दुवै देश अमेरिकासँग सतर्क हुन आवश्यक छ, जसले यो क्षेत्रमा शान्ति र सद्भाव बिगार्ने मौका खोजिरहेको छ ।’ ट्रम्पले केही दिनअघि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै चीन-भारतबीचको सीमा समस्या समाधान गर्न अमेरिका मध्यस्थकर्ता हुन सक्ने अभिव्यक्ति दिएका थिए ।

Leave A Reply

Your email address will not be published.