भारतमा कोरोना भाइरसकाे संक्रमणबाट मर्नेकाे संख्या ५८ पुग्याे

0

काठमाडौं, २० चैत । भारतमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ५८ पुगगेको छ । कुल संक्रमित १ हजार ९९८ मध्ये हालसम्म ५८ जनाको ज्यान गएको हो ।

वर्ल्डाे मिटर्सका अनुसार बुधबार मात्र भारतमा २३ जनाकाे मृत्यु भएकाे छ भने ६०१ जना नयाँ संक्रमित फेला परेका छन् ।

हालसम्म भारतमा १४७ जना निको भएर घर फर्किसकेका छन् । बाँकी १ हजार ७९२ जनामा काेराेना भाइरस सक्रिय रहेकाे छ ।

विश्वभर कोरोना भाइरसका कारण अहिलेसम्म ४७ हजर २२२ को ज्यान गइसकेको छ ।

Leave A Reply

Your email address will not be published.