भारतबाट आएका एक युवाको क्वारेन्टाइनमा मृत्यु

0

दैलेख। दैलेख जिल्लाको दुल्लु नगरपालिकामा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका एक युवाको मृ’त्यु भएको छ । दुल्लु अस्पतालका प्रमुख डा. पुजा विसीले ३५ वर्षीय ती युवाको मृ’त्यु भएको पुष्टि गरे ।

‘सात गते उनी भारतबाट आएका थिए । भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखेका थियौं,’ दुल्लु नगर प्रमुख घनश्याम भण्डारीले भने, ‘विहान चिया र विस्कुट खानु भएको थियो । त्यहि ढल्नु भएको हो ।’

उनको १५ गते कोरोना जाँचका लागि स्वाव लिई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उनको स्वाव जाँचको रिर्पोट आज आउने भनिएको नगरप्रमुख भण्डारीले बताए । फाइल तस्वीर

Leave A Reply

Your email address will not be published.