कोरोना नियन्त्रण गर्न सफल भक्तपुर, सबै संक्रमित डिस्चार्ज

0

भक्तपुर । भक्तपुरका ४२ बर्षीय कोरोना संक्रमित पुरुष आज अस्पताल बाट डिस्र्चार्ज भएका छन । कोरोना भाइरस संक्रण पुष्टि भएको ११ दिनमा भक्तपुर नगरपालिका ५ भेलुखेलका ४२ बर्षीय पुरुष घर फर्किएका हुन । बलम्वु स्थित सशस्त्र प्रहरी बलको अस्पतालमा उपचारारत उनको स्वाव परीक्षणको नतिजा नेगेटिभ आएपछि डिस्र्चार्ज भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जानकारी दिए ।भक्तपुरका तेस्रो संक्रमित उनी डिस्चार्ज भएसँगै भक्तपुरमा कोरोना भाइरस कोभिड १९ नियन्त्रणमा आएको जिल्ला प्रशासन कार्यलय भक्तपुरले जनाएको छ ।

भक्तपुर दुवाकोटका एक पुरुष र थिमि नगरपालिकामा एक महिला केहि दिन अघि नै डिस्चार्ज भएर घर आई सकेका छन । उनीहरुकोस्वास्थ्य अवस्था राम्रो रहेको छ ।त्यस्तै भक्तपुर नगरापालिकाको एक महिला जनप्रतिनिधिमा विहिवार राती ६ दिन को उपचारपछि घर फर्किसकेका छन । वडा महिला सदस्य समेत रहेका उनको हाल स्वास्थ्य अवस्था ठिक छ ।भक्तपर जिल्लामा हाल सम्म देखिएका चारै जना संक्रमिण उपचार पछि घर फर्किसकेकाले भक्तपुर अब ग्रीन जोनमा रहेको परिसरका प्रमुख एसपी प्रधानले बताए ।

भक्तपुरमा देखिएका चार कोरोना संक्रमित निको भएर घर फर्किसकका छन् भने कोरोनबाट बच्न सचेतता अपनाउन नसके अन्य नागरिकमा समेत कोरना संक्रमण हुन सक्ने भएकाले अत्यावश्यक काम बाहेक बाहिर ननिक्लन स्थानीय सरकाले सबै नागरिकमा अपिल गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.