आजकाे माैसम : मेघ गर्जन, च’ट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना

0

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। महाशाखाले हाल भने हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

महाशाखाले आज दिउँसो देशका पहाडी भू–भागमा आँशिक बदली हुने र अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, च’ट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।

राति भने देशका पहाडी भू–भागमा आँशिक बदली रही पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन, च’ट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ गोरगङमा बुधबार च’ट्याङ पर्दा एकको मृ’त्यु भएको छ भने तीन घइते भएका छन् । मृ’त्यु हुनेमा खनियाबास गाउँपालिका–२ गोरगङका ४० वर्षीय रामसिंह तामाङ रहेका छन् । घर अगाडि कुखुराको खोर बनाइरहेका बेला परेको च’ट्याङका कारण उनको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

च’ट्याङमा परेर खनियाबास गाउँपालिका–२ थलीका पार्वती तामाङ र मनकुमारी तामाङ घाइते भएका छन्। थलीमा परेको च’ट्याङले दुई घरमा क्षति पुगेको छ ।

च’ट्याङका कारण गाउँमा विद्युत् सेवासमेत अवरुद्ध भएको झर्लाङका सामाजिक कार्यकर्ता प्रेम तामाङले जानाकारी दिएका छन्। दिउँसोको समयमा परेको च’ट्याङका कारण सोही गाउँपालिका–२ क्यूङ निवासी आसमाया तामाङ घाइते हुनुभएको छ । सबै घाइतेको गाउँमा रहेको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

रुकुमपश्चिम पनि
रुकुमपश्चिममा पनि च’ट्याङ लागेर बुधबार एकको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–४ मा चट्याङ पर्दा मामाघरमा बस्दै आएकी गङ्गादेव गाउँपालिका रोल्पाकी १३ वर्षीया निर्मला खत्रीको मृ’त्यु भएको हो ।

च’ट्याङ लागेर अन्य आठ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक ठगबहादुर केसीले बताए । उनका अनुसार बेलुकी साढे ६ बजेतिर स्थानीय गङ्गाराम खड्का र प्रकाश विकको घरमा च’ट्याङ परेको बताइएको छ । चट्याङ लागेर प्रकाशकी २० वर्षीया श्रीमती अनिता विक भने ग’म्भीर रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइते हुनेमा वडा नं ४ की ११ वर्षीया तुलसा खड्का, १७ वर्षीया सुशीला खड्का, २२ वर्षीया पवित्रा खड्का रहेका छन् । सोही वडाका ५० वर्षीया धनमाया खड्का, चार वर्षीय केशव खड्का, ६० वर्षीया सीता ओली र २८ वर्षीय कपिल खड्कासमेत च’ट्याङ लागेर घाइते भएका छन् । घाइते सबैको स्वास्थ्यचौकी खुम्चेरीमा उपचार भइरहेकोे छ ।

Leave A Reply

Your email address will not be published.