अष्ट्रेलियामा एकै पटक ९० दिनको लकडाउन घोषणा, नियम तोडे एक हजार डलर जरिवाना

0

अष्ट्रेलियामा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ । यहाँ २३ जनाको मृ’त्यु भइसकेको छ । न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको छ । साथै पुलिसले लकडाउनको नियम तोड्नेमाथि जरिवाना पनि तोकिदिएको छ । नियम तोड्नेले एक हजार अष्ट्रेलियन डलर तिर्नुपर्नेछ । त्यस्तै कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ७ सय २७ जनाले ज्यान गुमाएका छन् भने ४ हजार ७ सय बढी नयाँ संक्रमित फेला परेका छन् । पछिल्लो तथ्यांकसँगै इटालीमा ज्यान गुमाउनेको संख्या १३ हजार १ सय ५५ पुगेको छ । त्यस्तै एकै दिन ४ हजार ७ सय ७८ जनामा संक्रमण देखिएसँगै इटालीमा संक्रमितको संख्या १ लाख १० हजार ५ सय ७४ पुगेको हो ।

संक्रमितमध्ये १६ हजार ८ सय ४७ जना उपचारपछि निको भएका छन् । ४ हजार ३५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ८० हजार ५ सय ७२ जना उपचाररत छन् ।

कोरोना भाइरसका कारण संक्रमितको संख्या विश्वमा ९ लाख ३४ हजार ८ सय २५ पुगेको छ । एकै दिन ७६ हजार ४ सय ७० जनामा संक्रमण देखिएको जनाइएको छ ।

विश्वव्यापी रुपमा एकैदिन ४ हजार ७ सय १९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४१ हजार १ सय ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जना उपचारपछि निको भएका छन् ।

Leave A Reply

Your email address will not be published.