अर्को भाइरस कुखुराबाट फैलिने र आधा विश्व ख’तरामा पर्ने वैज्ञानिकको भविष्यवाणी

0

काठमाडौं। अमेरिकाका चर्चित वैज्ञानिकले निकै ड’रलाग्दो चे’तावनी दिएका छन् । वैज्ञानिक माइकल ग्रेगरले विश्वलाई चे’तावनी दिँदै भनेका छन् कि कुखुरा फार्मबाट यस्तो भाइरस निस्किन सक्छन् जसबाट कोरोनाभाइरसबाट भन्दा ठूलो म’हामा’री उत्पन्न हुन सक्छ।

मानिसहरुलाई केवल शाकाहारी खाना खान सल्लाह दिने वैज्ञानिक मायकल ग्रेगरले आफ्नो नयाँ किताब ‘महामारीको क्रममा कसरी बच्ने’ (हाउ टु सर्भाइभ अ प्यान्डेमिक)मा भनेका छन् कि ठूलो मात्रामा कुखुरापालन बढ्दै जाँदा खतरा बढेको छ । ग्रेगरका अनुसार कुखुरा फार्मबाट निस्किने भाइरस यतिसम्म खत’र’नाक हुनेछ कि आधा विश्व ख’तरामा पर्नेछ।

यद्यपि माइकल ग्रेगरको भविष्यवाणीसँग सम्बन्धित कुनै प्रमाण सार्वजनिक गरिएका छैनन् । अन्य कुनै वैज्ञानिकले पनि उनको दावीको पुष्टि गरेका छैनन् । तर, माइकल ग्रेगरले भनेका छन् कि मानिसको अन्य जीवसँग नजिकको सम्बन्धले नै उसका लागि खतरा उत्पन्न गरिरहेको छ । अहिलेसम्मको जानकारीका आधारमा कोरोनाभाइरस पनि चमेराबाट मानिसमा फैलिएको मानिएको छ । चीनको वुहानस्थित जंगली जनावरको बजारबाट यो फैलिएको विश्वास गरिएको छ।

डेलीमेलको रिपोर्ट अनुसार अमेरिकी वैज्ञानिक माइकल ग्रेगरको दावी छ कि कुखुरा फार्मबाट फैलिने भाइरसबाट उत्पन्न हुने खतरा कोरोनाभाइरसभन्दा कैयौं ठूलो हुनेछ र यसबाट विश्वको आधा जनसंख्या समाप्त हुन सक्छ । यो खतराबारे विश्वका अन्य कुनै वैज्ञानिकले पुष्टि गरेका छैनन् तर कोरोनाभाइरस फैलिएपछि भने जंगली जनावरको बजार बन्द गर्न माग उठिरहेको छ । ग्रेगरले भने अब प्रश्न ‘यदि’ महा’मा’री आयो भने, भन्ने नभइ म’हामा’री ‘कहिले’ आउँछ भन्ने भएको बताएका छन्।

Leave A Reply

Your email address will not be published.