नेपालभर आज पनि थप १४२ जनामा कोरोना भाइरसको संक्रमण

0

काठमाडौं । विभिन्न जिल्लामा थप १ सय ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश दुईमा ६०, कर्णाली प्रदेशमा ७७, गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा कम्तिमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

प्रदेश दुईका विभिन्न जिल्लामा थप ६० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । रौतहटमा २९, धनुषामा २१ र सर्लाहीमा थप १० जनामा कोरोना भाइरसको संक्रमण पाइएको प्रदेश दुईको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश दुईका नयाँ संक्रमितको राष्ट्रिय प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै कर्णाली प्रदेशका विभिन्न जिल्लामा ७७ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार सल्यानमा २६, कालिकोटमा १८, दैलेखमा ३२, र सुर्खेतमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालयको जनस्वास्थ्य शाखाका अधिकृत नवराज कंडेलले विभिन्न कर्णाली प्रदेशमा अहिलेसम्म १ सय २३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

त्यस्तै गण्डकी प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा कम्तिमा २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गण्डकी प्रदेशको स्याङ्जामा २ तथा तनहुँमा १ जनामा कोरोना भाइरसको संक्रमण पाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । त्यस्तै बाजुरामा गएराती मृत्यु हुने बालिका र उनकी आमामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो दिउँसो ४ बजेसम्म १ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण पाइएको जनाएको थियो ।

Leave A Reply

Your email address will not be published.