जापान प्रवेशमा नेपाललाई राेक छैन

0

टोकियो, २० चैत । कोरोना भाइरसकाे प्रकोप तीब्र गतिमा फैलन थालेपछि जापानले अप्रिल ३ बाट लागु हुने गरी बाहिरि मुलुकबाट जापान प्रवेश गर्नेहरुलाई प्रवेश अनुमति नदिने निर्णय गरेको छ । तर नेपाललाई भने प्रवेश खुल्लै रहेकाे छ । प्रवेश राेक लगाइएका ७३ देशको सूचीमा नेपाल रहेकाे छैन ।

जापानकाे कानुन मन्त्रालयले दिएको जानकारी अनुसार भोलि (शुक्रबार) देखि ७३ देशका नागरिक जापान प्रवेश गर्न पाउने छैनन् । जसमा एसियाका इन्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, कोरिया, ताइवान, चीन (हङकंग र मकाउ सहित), फिलिपिन्स, ब्रुनेई, भियतनाम, मलेशिया लगायत रहेका छन् । त्यस्तै अस्ट्रेलिया, अमेरिका, क्यानाडा, इन्डोनेसिया लगायत र युरोपियन देशहरु बाट पनि जापान प्रवेशमा रोक लगाइएकाे छ ।

आवागमनमा रोक लगाउने देशहरुको सुचिमा नेपाल, भारत, पाकिस्तान, भुटान लगायतका देशहरु भने समेटिएका छैनन् । यसअघि आवागमनमा रोक लगाइएका २६ देशमा बसोबास गरेका या ती देश हुँदै यात्रा गरेका कोही पनि जापान प्रवेश गर्न पाउने छैनन् ।

अप्रिल २ तारिकसम्म पुनः प्रवेशको अनुमति लिएर स्वदेश (सुचीमा रहेका ७३ देश) गएकाहरुको हकमा म्याद सकिएको भए पनि अवस्था सुध्रिएपछिको पुनः प्रवेशमा रोक नलगाइने त्यहाँकाे कानुन मत्रालयले प्रस्ट पारेको छ ।

जापानमा पुनः प्रवेशको म्याद स्थायी बसोबासको अनुमति पाएकाहरुको हकमा २ वर्ष र अन्यका हकमा १ वर्षको हुने गर्दछ ।

Leave A Reply

Your email address will not be published.