मोडल शंकर बिसीले २५ बर्ष पछि आफ्नो पहिलो प्रेमिकालाई सम्झिएर भाबुक भए.भेट्ने ठुलो रहर अधुरै रहयो

0

मान्छेहरू विरक्त लाग्दा भन्ने गर्छन्, उफ्फ़ कतै एकान्तमा बस्न पाए पनि हुन्थ्यो । कतै एक्लै कसैले नदेख्ने ठाउँमा गएर बस्न पाए पनि हुन्थ्यो या कसैको मुख नै देख्न नपरे पनि हुन्थ्यो इत्यादि कुराहरू साधारण मान्छे बिरक्तिँदा सजिलै व्यक्त गर्ने अभिव्यक्तिहरू हुन् । अहिले समयले मान्छेको मनको रहर पुरा गरिदिएको छ । कतिपय एकान्तप्रेमीहरु त यो एकान्त सँग रमाएकै होलान् तर आम मानिस भने एकान्त सँग रमाउन नसक्ने रहेछन् भन्ने कुरा बुझिँदै गएको छ ।

कामको अत्यधिक चाप हुँदा या अन्य जुनसुकै झमेला हुँदा समेत अथवा मनमा जतिसुकै ठुलो पिडा हुँदा समेत मैले कहिल्यै एकान्त मन पराइन । दिनभरिको थकान मेट्न मैले कहिल्यै एकान्तलाई रोज्न सकिन । जहिले पनि म जमघट मै रमाएँ । कहिले घर मै, कहिले साथीको घरमा, कहिले बाहिर । एक्लै रमाउने कोसिस पनि गरिएन किनभने त्यो एकान्त मेरो प्रकृति सँग मेल खाँदैन होला त्यसैले मेरो क्यारियरको अत्यधिक समय म समूहमा नै रमाएँ ।

अहिले आएर समयले बदला लिइरहेको छ म सँग । म सँग मात्र नभएर हामी सबैसँग भन्नुपर्ला । जो जसलाई फुर्सद हुने बित्तिकै समूह बनाएर रमाइलो गर्नु पर्थ्यो, आत्मीयता साटासाट गर्नुपर्थ्यो ती सबै साथीहरू एकान्त बासमा हुनुहुन्छ । भर्चुअल माध्यमबाट देखाभेट हुने तर भेट्न नपाउने अवस्था झन् अत्यास लाग्ने खालको हुँदो रहेछ । आज त्यही अत्यास मेटाउन पुराना डायरीहरू निकालेँ । यी पुराना डायरीले स्कुले जीवनको त्यो सुदूर अतीतमा पुर्याुएको अनुभूति भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.