बाबुरामकाे प्रश्न- ‘पूरै सरकार डिप्रेसनमा गएकाे हो ?’

0

काठमाडाैँ, २० चैत । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले सरकारका मन्त्रीहरुको कुरा सुन्दा त सरकार डिप्रेसनमा गएको हो कि भनेर प्रश्न गरेका छन् ।

आज बिहानै उनले ट्विटरमा भनेका छन्- ‘विपत्ती एक्लै आउँदैन भनेको साँच्चै हो कि क्या हो ?अस्वस्थ प्रम (केपी शर्मा ओली) को अनुपस्थितिमा डिफ्याक्टो प्रमको जिम्मेवारी सम्हालिरहनुभएका ईश्वर पोखरेलको अल्पभाषी अन्तर्वार्ता पढ्दा र अर्थ, परराष्ट्र लगायतका केही आशा गरिएका मन्त्रीहरूको कुरा सुन्दा पूरै सरकार डिप्रेसनमा हो कि क्या हो ?’

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नयाँ पत्रिका अनलाइनमा प्रकाशित एक अन्तर्वार्ताकाे लिंक शेयर गर्दै उनले साे कुरा लेखेका हुन् ।

पछिल्लाे समय विश्वव्यापी काराेना महामारीकाे उच्च जाेखिममा नेपाल पनि रहेकाे तर सरकार र मन्त्रीहरूकाे काम-कारवाही सन्ताेषजनक नरहेकाे भन्दै टीका-टिप्पणाी र अालाेचना हुने क्रम बढेकाे छ ।

Leave A Reply

Your email address will not be published.