फ्रान्समा एकै दिन हालसम्मकै बढी १ हजार ३५५ को मृत्यु

0

काठमाडौँ, २१ चैत । युरोपेली देश फ्रान्समा कोरोना भाइरस (कोभिड १९) का कारण एकै दिन १ हजार ३५५ को मृत्यु भएको छ । त्यहाँ बिहीबार हालसम्मकै बढी मृत्यु भएको हो । यससँगै फ्रान्समा कुल मृतक संख्या ५ हजार ३८७ पुगेको छ ।

फ्रान्समा हालसम्म ५९ हजार १०५ जनामा कोरोना संक्रमण फैलिएको छ । जसमध्ये २ हजार ११६ जना बिहीबार नयाँ थपिएका संक्रमित हुन् । जसमध्ये १२ हजार ४२८ जना पूर्णरुपमा निको भइसकेको वल्र्डोमिटर्सले जनाएको छ ।

पछिल्लो समय फ्रान्समा संक्रमित संख्या तुलनात्मक रुपमा कम देखिए पनि मृतकको संख्या भने बढिरहेको छ ।

Leave A Reply

Your email address will not be published.