को’रोना पोजेटिभ देखिएकी छेटौं बि’रामी बाग्लुङकी, उनि पनि कतार एअरबाट ४ गते नेपाल आएकी थिइन

0

काठमाडौं- को’रोना पोजेटिभ देखिएकी छेटौं बि’रामी बाग्लुङकी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कतार एअरबाट ४ गते नेपाल आएकी महिला रहेको बुझिएको छ। उनी नेपालमा आएपछि बाग्लुङ पुगेकी थिइन्। बाग्लुङस्थित घरमै क्वा’रेन्टाइनमा रहेकी उनलाई ज्वरो आएपछि को’रोना आशंका गरिएको थियो। त्यसपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो। टेकुस्थित शुक्रराज ट्रपिकल तथा स’रुवा रो’ग अस्पतालमा उनलाई भ’र्ना गरेर उपचार थालिएको थियो। जनस्वास्थ्य प्र’योगशाला टेकुमा गरिएको परीक्षणले उनमा को’रोना संक्रमण रहेको पुष्टि गरेको हो।

योसँगै कतारको एकै उडानबाट आएका तीन यात्रुमा को’रोना संक्रमण देखिएको छ। यसअघि फ्रान्सबाट दोहाहुदै काठमाडौं आएकी १९ वर्षीया युवती र बेल्जियमबाट सोही मार्गबाट काठमाडौं आएकी बागलुङकी २२ वर्षीया युवतीमा को’रोना पो’जेटिभ पाइएको थियो ।यस अघि दुबईबाट काठमाडौं हुँदै धनगढी पुगेका ३४ वर्षीय युवकलाई को’रोना देखिएको थियो। उनको अहिले पनि सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ। त्यसअघि को’रोना भाइरसबाट संक्रमित तेस्रो व्यक्ति भेटिएका थिए। दुबईबाट आएका धादिङ निवासी ३२ वर्षीय पुरुषमा को’रोना संक्रमण भएको थियो।

Leave A Reply

Your email address will not be published.