नेता हुनु त यस्तो, ज्वरो आएर अलपत्र परेका बिरामीलाई आफ्नै गाडी पठाएर उद्धार गरे यि मन्त्रीले

0

काठमाडौं, चैत २१ । ज्वरो र झाडापखाला लागेर उपचार गर्न समस्या भएका एक बिरामीको सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आफ्नै गाडी पठाएर उद्दार गरेका छन् ।

जीपपुर रामघाटका ६६ वर्षीय नवराज घिमिरेको उद्दार गरी घरमा लगीएको र अहिले थप उपचार भइरहेको बताइएको छ । मन्त्री मानन्धरले आफ्नो सचिवालयका जयप्रकाश श्रेष्ठलाई उद्दारका लागी तत्कालै पठाएर बिरामी घिमिरेको उद्धार गरेका थिए ।

स्वकिय सचिव श्रेष्ठका अनुसार काठमाडौंका विभिन्न स्थानमा एकल बृद्धबृद्धा, बिरामी र आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका लागि अत्यावश्यकिय औषधि, खाद्यान्न, ग्याँस लगायतका वस्तुहरु आपुर्तिमा सचिवालयले सहयोगीको भूमिका खेलेको छ । मन्त्री मानन्धरले विपद्का बेला जनताको आशा र भरोशा जनप्रतिनिधिसँग हुने भन्दै आफ्नो मोबाईल नम्वर सार्वजनिक गर्दै अप्ठ्यारोमा परेका सर्वसाधारण र बिरामीलाई सिधै आँफुलाई सम्पर्क गर्नका लागी आग्रह समेत गरेका छन् ।

यसैबिच कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ९ सय ८३ पुगेको छ । त्यस्तै संक्रमितको संख्या विश्वभर १० लाख नाघेको छ । त्यस्तै इटालीमा १ लाख १५ हजार २ सय ४२ र स्पेनमा १ लाख १२ हजार ६५ जना संक्रमित छन् । जर्मनीमा संक्रमितको संख्या ८४ हजार ७ सय ९४ छ । इटलीमा कोरोना भाइरसको संक्रमणबाट १३ हजार ९ सय १५ जनाको मृत्यु हुँदा स्पेनमा भने १० हजार ३ सय ४८ र फ्रान्समा ५ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ ।

Leave A Reply

Your email address will not be published.