लकडाउनमा घरमै बसेर पेन्टिङ गर्दै इशिता, अन्य कलाकारले के गर्दै छन्

0

एजेन्सी – कोरोनाका कारण लकडाउनमा घरमै समय बिताइरहेका बलिउडकर्मीहरू दिन कटाउन आफ्ना रुचिका काम गर्दैछन्। कोही घर सरसफाइ गर्दैछन्, कोही खाना पकाउन सिक्दैछन्। कोही कवितामा आफ्ना अभिव्यक्ति पोखिरहेका छन्। यसै क्रममा ‘दृश्यम्’ फिल्मबाट चर्चा कमाएकी अभिनेत्री इशिता दत्त चित्र बनाएर दिन कटाउँदै छन्।

अभिनेत्री इशिताले एक भिडियो सेयर गरेकी छन्, जसमा उनले क्यानभासमा कुची चलाउँदै गरेको देखिन्छ। इन्स्टाग्राममा अपलोड गरिएको उक्त भिडियोसँगै उनले स्ट्याटस लेखेकी छन्, ‘मेरो आत्माको लागि खाना। यो पेन्टिङको प्रेरणा मैले अनलाइन पेन्टिङबाट लिएकी हुँ।’अन्नपुर्ण पोष्टमा खबर छ ।

इशिताले लकडाउनको यसबेला मात्र पेन्टिङ गरेकी होइनन्। उनले यसअघि पनि बेला बेला पेन्टिङ गर्दै गरेको भिडियो पोस्ट गरिसकेकी छन्। स्ट्याटसमा उनले आफ्ना अन्य रुचि पनि खुलाएकी छन्, ‘कुक, क्लिन, डान्स, वर्कआउट, योग, टीभी हेर्ने, किताब पढ्ने अनि परिवारका साथ समय बिताउने।’ ‘आफ्नै चित्रसँग केही लेख्छु। बोटबिरुवामा पानी हाल्छु। यो त तपाईं पनि गर्न सक्नुहुन्छ। तर घर बाहिर जाने होइन नि’, उनको थप सन्देश छ।

Leave A Reply

Your email address will not be published.