भरतपुर अस्पतालमा उपचारको क्रममा एक युवतीको मृत्यु, स्वाब परीक्षण हुन बाँकी

0

चितवन, २१ चैत । चितवनको भरतपुर अस्पतालका कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।

सिन्धुली हरिहरपुर गाँउपालिकाकी २६ वर्षीया उपा कुमारी राईकाे उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भरतपुर अस्पतालका सुचना अधिकारी लिला पौडेलले जानकारी दिनुभयाे । पौडेलका अनुसार उक्त बिरामी ज्वरो र निमोनियाकी भएको र हेटौडाबाट रिफर भएर चितवन आएकी थिइन् ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको सुचाना अधिकारी पौडेलले बताउनुभयाे । उनको लक्षण कोरोनासँग मिल्दो जुल्दो भनिएपनि के कारणले मृत्यु भयो भन्ने अस्पतालले बताउन चाहेको छैन् ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी भइरहेको छ । मृतक राईलाई हेटौडा अस्पतालले यहाँ रिफर गरेको थियो ।

Leave A Reply

Your email address will not be published.