यी हुन् एम्बुलेन्स चालकले को’रोना संक्रमितलाई अस्पताल लैजान न’मानेपछी आफ्नै गाडीमा अस्पताल लाने स्वास्थ्यकर्मी

0

बागलुङ, गत ४ चैतमा बेल्जियबाट आएकी बागलुङकी ६५ वर्षीया वृद्धामा को’रोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भ’र्ना गरिएको छ । को’रोनाको ल’क्षण नदेखिएको भन्दै उनी घरमै बस्दै आएकी थिइन् । सं’क्रमण भएको रि’पोर्ट पोजेटिभ आएपछि उनलाई विहीबार राति धौलागिरी अञ्चल अस्पतालमा भ’र्ना गरिएको छ ।तर, अस्पताल लै’जान त्यति स’हज भने भएन । उनलाई लिन नेपाल रेडक्रस सो’साइटी बागलुङका एम्बुलेन्स चालक जान नमानेपछि स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले आफ्नै चालक रुद्र पराजुलीलाई लिएर वि’रामी लिन पुगेका थिए ।

मेयरदेखि सिडिओसमेत प’न्छिएपछि स्वास्थ्य कार्यालयका प्रमुख गुरौ अ’ग्रसर भए । पि’पिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फ’र्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी थिइन् । बाग्लुङकै अर्की को’रोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए ।नयाँ पत्रीका

Leave A Reply

Your email address will not be published.