आजको राशिफल : चैत्र २२ गते, शनिबार

0

वि.सं.२०७६ साल चैत्र २२ गते । शनिबार । ईश्वी सन् २०२० अप्रिल ०४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । चैत्र शुक्लपक्ष । तिथि– एकादशी,३० घडी १८ पला,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त द्वादशी । नक्षत्र– अश्लेषा,१७ घडी ३५ पला,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त मघा । योग– धृति,०१ घडी १० पला,बिहान ०६ बजेर २१ मिनेट उप्रान्त शूल । करण– वणिज,बिहान ०६ बजेर ५६ मिनेट उप्रान्त भद्रा,बेलुकी ०६ बजेर ०० मिनेट उप्रान्त बव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कर्कट,दिउसो १२ बजेर ५५ मिनेट उप्रान्त सिंह । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर २२ मिनेट । दिनमान ३१ घडी १३ पला । कामदा एकादशीव्रत ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय मध्ययम रहेकोले सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धिहरूकाे अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पढाइ लेखाइमा प्रतिद्धन्द्धिहरुलाई किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । भिडभाडको यात्रा नगर्नु नै राम्रो रहनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिहानको समय राम्रो रहेकोले आफन्त, दाजुभाई तथा अग्रजहरुको सहयोगले राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ । साहित्य लेखनमा मन जानेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले स्वास्थ्यमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुका लागि समय मध्ययम रहेकोछ । वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकिहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) असजिलो परिस्थितिहरूलाई बुद्धिमता पुर्वक सहजतामा ढाल्न सकिनेछ । माया प्रेमको गाठो कसिँलो हुनेछ भने जीवनसाथीकाे सहयोगले राम्रा काम गर्न सकिनेछ । पारिवारि सभा समारोहका सहभागि भई मिठो मसिलो भोजन ग्रहण गर्न अवसर प्राप्त हुनेछ । कुटुम्बसँग कुनै पनि कारोबार गर्दा ध्यान दिनुहोला सामान्य मनमुटाब सिर्जना हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) बिहानको समय मध्ययम रहेकोले खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले परिवार तथा आफन्तको सहयोग पाइनेछ । राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले सहयोग पाउनेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले समयको गतिसँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडि बढ्न सकिनेछ । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेकोछ । सवारि साधन तथा अन्य भौतिक सम्पतिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । इच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धिरुलाई किनारा लगाउँदै तपाईकै नाम अग्र स्थानमा आउनेछ । काम गर्ने वातावरण बन्ने छैन भने आर्थिक रुममा कमजोर भइनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा पति पत्नीबीच विश्वास बढेर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) समस्याहरुको सजिलै समाधान गरि उपलब्धिमुक कामहरु गर्न सकिनेछ । अध्ययन अनुसन्धानमा सोचेभन्दा राम्रो प्रगति हुन तथा नयाँ कुरा पत्ता लगाउन सकिनेछ । बिहानको समय मध्ययम रहेकोले माया प्रेममा सामान्य मनमुटाव सिर्जना भएपनि अन्तत एका अर्कालाई विश्वास गर्दै छुटिदा मन प्रशन्न हुनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा मन जानेछ । माया प्रेममा सामिप्यता बढ्नेछ । मध्यान्हबाट कामहरु समयमा सम्पन्न नहुने हुँदा दुख पाउँ समय रहेकोछ भने आर्थिक व्यावस्थापन गर्न नजान्दा घरायसि समस्याहरु सुल्झाउन असजिलो हुनेछ । सामान्य स्वास्थ्य सम्वन्धि समस्या हुनसक्छ ध्यान दिनुहोला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा मन्दि आउने तथा आर्थिक संकटको सामना गर्नुपर्ने हुन सक्छ । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । तरपनि भिडभाडको यात्रा गनर्नु होला । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) पुरानो रोग तथा समस्याहरु स्वत ठिक भएर जानेछन् । मामा तथा मावलिबाट तपाईको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला । व्यवसायमा मन्दि आउनेछ ।

Leave A Reply

Your email address will not be published.