पोखरामा ६ बर्षे बालक बिरामीलाई मणिपाल अस्तालले फर्कायो, गण्डकीले पनि भर्ना लिन मानेन

0

ताराखोला गाउँपालिका वडा नं. १ बाग्लुङ का एक बालकले यहि शंकाका भरमा चिसो रातको अधिकांस समय पोखराको खुला आकास मुनि बिताए । उनका आफन्तका अनुसार उनी ६ दिनदेखी बिरामी छन् । गल्कोटको एक अस्पतालले उनलाई थप उपचारका लागि पोखरा रिफर गरिदियो । १० हजार खर्च गरेर उनिहरु रातारात पोखरा आए ।

५ बजे मनिपाल पुगेका उनलाई भर्ना गरेको आधा घण्टापछि हस्पिटलले निकालि दियो । सामान्य चेकजाँच पछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईयो, यो सवैका पछाडी कोरानाका अन्धभक्तको पराकाष्ठा स्पष्ट देखिन्छ । उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीबाट पनि पाँच मिनेट नबित्दै निकालियो । त्यसपछि आधारात उनिहरुले चौतारोमा बिताए । एक प्रहरीको सहायतामा राति १२ बजेपछि मात्र उनलाई हस्पिटलको एक कुनामा राखियो । फेरि उज्यालो नहुदै उनलाई फेरि निकालियो ।

Leave A Reply

Your email address will not be published.