दुई लाख मास्क अमेरिकाले ‘डकैती’ गरेर लगेको जर्मनीको आरोप

0

एजेन्सी, २२ चैत । जर्मनी लैजान ठिक्क पारिएका २ लाख वटा मास्क अमेरिकातर्फ लगिएपछि जर्मन मन्त्री तथ अधिकारीहरूले ‘आधुनिक डकैती’ गरेको आरोप लगाएका छन् ।

जर्मनीको बर्लिनस्थित एक स्थानीय सरकारले अमेरिकामा बनाइएका ती मास्क थाइल्याण्डको बैंककमामा जफत गरिएको बताएको छ । ती मास्क बर्लिनको प्रहरीका निम्ति भनेर मगाइएको थियो । तर गन्तव्यसम्म पुग्न नपाउँदै ती मास्क अमेरिकातर्फ लगिएको बिबिसीले जनाएको छ ।

एफएफपीटू नामक मास्कहरु बर्लिन मगाइएकोमा अन्यत्र लगिएको हो । बर्लिनका आन्तरिक मामिलामन्त्री आन्द्रियास गिजेलले ती मास्क अमेरिकातर्फ लगिएको हुनसक्ने अभिव्यक्ति दिएका छन् । र, उनले त्यसरी बर्लिन ल्याउन लागिएको मास्कलाई अन्यत्र लगिनु ‘आधुनिक डकैती’ सरह भएको बताएका छन् ।

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले झन्डै दुई लाख एन९५ रेस्पिरेटर मास्क, एक लाख ३० हजार सर्जिकल मास्क तथा छ लाख पन्जा जफत गरेर अमेरिकी अधिकारीहरूले कब्जामा लिएको बताएका थिए ।

ट्रम्पले शुक्रबार मात्रै शुक्रबार डिफेन्स प्रोडक्शन एक्ट नामक कानुनको प्रयोग गरेर मेडिकल सामग्रीको आपूर्ति घरेलु माग धान्नकै निम्ति गर्न र बाह्य देशलाई नदिन अमेरिकी कम्पनीहरूलाई बाध्य गराइएको बताएका थिए । जर्मनीले मगाएका तर अन्यत्र लगिएका मास्क अमेरिकी कम्पनीकै उत्पादन रहेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.