सर्च इन्जिन गुगल भन्छः कोरोनाविरुद्धको होसियारीमा अमेरिकाभन्दा नेपाल अगाडि

0

काठमाडौं। इन्टरनेट सर्च इन्जिन गुगलले कोरोना भाइरसको संक्रमण फैलिएका देशले अपनाएका ‘सामाजिक दूरी’बारे अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। त्यसमा अति विकसित देश मानिएको अमेरिकाभन्दा नेपाल अगाडि रहेको देखाइएको छ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरसबाट बच्न विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना प्रभावित विश्वका सबै राष्ट्रलाई सामाजिक दूरी कायम गर्न अर्थात् आपसी भेटघाट र भिडभाड नगर्न सुझाव दिएको छ।

सोहीबमोजिम अहिले नेपाललगायत देशले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि लकडाउन अर्थात् पूरै देश बन्दाबन्दी गराएका छन् भने व्यक्ति-व्यक्तिबीचकाे भेटघाट र शारीरिक निकटता कम गराएका छन्। जसलाई ‘सामाजिक दूरी’ भनिएकाे छ।

सोही विषयमा गुगलले याे नियम कुन देशले कति पालना गरेका छन् भनेर आफ्नो म्यापका माध्यमबाट अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको हो। गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न ६ वर्गमा बाँडेर अध्ययन गरेको हाे। त्यसमा मनोरञ्जन, ग्रोसरी तथा फार्मेसी, पार्क, सार्वजनिक यातायात, कार्यक्षेत्र र आवास छन्।

गुगलले शुक्रबार सार्वजनिक गरेको यो प्रतिवेदनमा गत आइतबारसम्मको तथ्यांक समेटिएको छ। यहाँचाहिँ नेपालले उछिनेको अमेरिका र नजिकको छिमेकी भारतको मात्रै तथ्यांक प्रस्तुत गरिएको हो।

Leave A Reply

Your email address will not be published.