अमेरिकामा एकैदिन १३ सय २१ जनाको मृ’त्यु

0

काठमाडौं । पछिल्लो समय संयुक्त राज्य अमेरिकामा को’रोना भाइरस (को’भिड १९)को ग्राफ झन झन उकालो लाग्दै गएको छ । शुक्रबार एकै दिन अमेरिकामा १३ सय भन्दा बढीको को’रोनाका कारण ज्यान गु’माएका छन् भने ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दा सम्म को’रोनाका कारण अमेरिकामा मात्र ७ हजार ३९१ जनाको ज्यान गएको छ । जसमध्ये १ हजार ३२१ जनाको मृ’त्यु शुक्रबार मात्र भएको हो ।यसैगरी त्यहाँ कुल संक्रमितको संख्या २ लाख ७६ हजार ९६५ पुगेको व’ल्र्डोमिटर्सले जनाएको छ ।

३२ हजार ८८ जना नयाँ संक्रमित शुक्रबार मात्र फे’ला परेका हुन् । अघिल्लो दिन बिहीबार नयाँ संक्रमितको संख्या २९ हजार ८७४ थियो भने ९६९ जनाले ज्यान गु’माएका थिए ।अमेरिकामा हालसम्म कोरोना संक्रमण भएका १२ हजार २८३ जना निको पनि भइसकेका छन् । २ लाख ५७ हजार २९१ जनामा को’रोना सक्रिय रहेकोमा त्यसमध्ये ५ हजार ७८७ को अवस्था गम्भीर रहेको व’ल्र्डोमिटर्सले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.