कोरोना त्रास: माइतबाट फर्किएकी श्रीमतिलाई श्रीमानले घरमा बस्न नदिएपछि…

0

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित बलिया जिल्लाका एक व्यक्तिले कोरोना भाइरस संक्रमणको डरले माइतबाट २ महिनापछि फर्किएकी श्रीमतीलाई घरमा बस्न दिन इन्कार गरेका छन् । विहारको सिवानबाट घर भएकी २८ वर्षकी बबिता देवी र बलियाका गणेश प्रसादको आजभन्दा ५ वर्ष अगाडि विवाह भएको थियो ।

बबिता दुई महिना अगाडि माइत गएकी थिइन् । बबिता देवीले भारतीय सञ्चारमाध्यमहरुसँग २ महिनाको समय पछि घर फर्किदा श्रीमानले कोरोना भाइरसको डरले घरमा बस्न नदिएको बताएकी छन् । त्यसपछि उनी तत्काल जिल्ला अस्पताल गइन् र अहिले पनि उनी त्यहिँ रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

भारत सरकारले अपि्रल १४ अर्थात आगामी बैशाख २ गतेसम्म लकडाउन घोषणा गरेको छ । बैशाख २ पछि के गर्ने भन्नेबारे मोदी प्रशासन अहिलेसम्म गृहकार्यमै छ । यसैवीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विहीबार सबै राज्यका मुख्यमन्त्रीहरुसँग बैठक गरेका थिए, जसमा अपि्रल १४ पछि के गर्ने भन्नेबारेमा पनि छलफल भएको थियो ।

मोदीसँगको छलफलपछि अरुणाचल प्रदेशका मुख्यमन्त्री प्रेमा खाँडूले यस्तो टि्वट गरेका थिए, ‘१५ अपि्रलमा लकडाउन समाप्त हुनेछ । तर, यसको मतलब यो होइन कि तपाई गल्लीमा खुल्लामखुल्ला घुम्न पाउनुहुनेछ । हामीले कोरोनाको संक्रमण कम गर्नका लागि निरन्तर प्रयास गर्न जरुरी छ । लकडाउन र सोसल डिस्ट्यान्सिङ नै यसलाई समाधान गर्ने सबैभन्दा प्रभावकारी उपाय हो ।’

Leave A Reply

Your email address will not be published.