सकियो मन्त्रिपरिषद्को बैठक , गरियो यस्तो निर्णय

0

२२ चैत्र २०७६, शनिबार काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषदको बैठक भर्खरै सम्पन्न भएको छ । बैठकले कोरोनाको संक्रमण फैलन नदिन सबै निकायले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।बैठकले कोरोना भाइरस संक्रमणको आशंका भएका सबैको प्राथमिकताका साथ स्वास्थ्य परीक्षण गराउने निर्णय गरेको छ ।सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड टेष्ट गर्ने भएको छ । त्यस्तै स्वास्थ्यकर्मीलाई पूर्ण रुपले सुरक्षित बनाएर काममा लगाउने निर्णय गरेको छ ।

बैठकमा लकडाउनको समयअवधि बढाउने विषयमा भने कुनै निर्णय नभएको सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन ।लकडाउनको विषमा भने आजको बैठकले कुनै निर्णय नगरेको र अर्को बैठकले निर्णय गर्नेसमेत उनले बताएका छन ।

Leave A Reply

Your email address will not be published.