०७६ चैत्र २३ गते आइतबार ई. स. २०२० अप्रिल ०५ तारिख, हेर्नुहोस राशिअनुसार तपाईंको भाग्य

0

बि.सं.२०७६ चैत- २३,आइतवार, इ.सं.२०२० अप्रिल -५ ,शक संवत-१९४२,नेपाल संवत-११४० चौलाथ्व,प्रमादी संवत्सर,उत्तरायण,ऋतु-वसन्त,चैत्र शुक्लपक्ष तिथि-द्वादशी , १५:५७ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-मघा , ११:३९ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-गण्ड , २४:४७ बजे उप्रान्त वृद्धि,करण- वालव १५:५७ बजेदेखि कौलव , २६:५० बजे उप्रान्त वणिज,चन्द्रराशि-सिंह,आनन्दादी योग-मुद्गर,सूर्योदय-५:५२,सूर्यास्त-१८:२३ दिनमान-३१ घडी १८ पला ल प्रदोष व्रत।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

कृषि तथा पशुपालन व्यापारमा लगानी गरि आम्दानी बढाउँन सकिनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

बिहानको समय राम्रो रहेकोले दाजुभाई तथा आफन्तबाट भनेजस्तो सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । मध्यान्हबाट राजनितिमा जनताको काम गर्न सक्दा पद प्राप्तिको योगलाई नकार्न सकिदैन । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि मनग्गे लाभ लिन सकिनेछ । सवारि साधनको प्रयोग तथा पैदल यात्रा गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

पराक्रम बढेर जाने हुँनाले शाहसिलो काम गर्ने जोस जागर बडेर आउँनेछ । कुसस्कार तथा अन्धबिश्वास बिरुद्ध कलम चलाएर तपाईबाट समाजमा जनचेतना फैलाउने काम हँुनेछ । लामो समय देखि अल्झेर बसेका बिवादित बिषयहरु हल हुनेछन् । तरपनि वाहिरी वातावरणको तथा सरसफाईमा ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

अध्ययनमा तपाईले दिएको समयबाट भनेजस्तो नतिजा हात लगाउँन सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँनाले बोलैरै राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा जीवन सथिको सहयोगले अगाडि बढ्न मद्दत गर्नेछ । पारिवारिक तथा सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

खर्च अभावले हातमा आईसकेको काम रोकिनेछ भने व्यापार व्यावसायमा मन्दि आउनाले खल्ति रित्तिनेछ । आफन्त तथा अग्रजहरु सँग सानो सानो बिषयमा बिवाद सिर्जना हुने योग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने तथा खर्च बढ्ने योग रहेकोछ ख्याल गर्नुहोला । समस्या पर्दा सहयोग गर्नेहरु कमै भेटिनेछन् । आर्थिक अवस्था कमजोर भएजस्तो हुनेछ भने व्यापारमा समय दिन नसस्दा घाटा लाग्ने योग रहेकोछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने नया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा दाम्पत्य सुखले मन प्रफुलित हुनेछ । अध्ययनमा भने जस्तो प्रतिफल प्राप्त हुनेछ । पुराना कामहरु फत्ने हुने तथा नया काम आउने हुदा दैनिक व्यास्त जस्तै रहनेछ । वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुँने तथा पद प्राप्तिको गतिलो योग रहेकोछ । सामाजिक काम गर्ने अवसर जुर्ने हुँनाले मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पति पत्नि बिचको सम्बन्ध सुदृड हुँनुको साथै माया प्रेमको गाठो गसिलो भएर जानेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरि प्रसाद ग्रहण गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रबाट भनेजस्तो सफलता हात लाग्नेछ । ठुलाबढा तथा बिशिष्ट व्याक्तिहरुको आशिर्वाद पाईने हुदा मन प्रशन्न हुनेछ । बिहानको समय मध्ययम रहेकोले आफन्त तथा दिदिबहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

बिहानको समय राम्रो रहेकोले आफन्त परिवार सँगै रहेर दिन व्यातित गर्न सकिनेछ । पढाई लेखाईमा एक कदम अगाडि बढि सफलता हात पार्न सकिनेछ । मध्यान्हबाट सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला । पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन् । अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलव्धि नहुदा तनाब बढ्नेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । पढाई लेखाईमा उत्कृष्ट अंकले सहभागिहरुलाई हराउन सकिनेछ । माया प्रेमको गाठो कसिलो हुनेछ भने मिल्ने साथीका साथ स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

आट तथा हिम्मतका साथ अगाडि बढ्ने समय रहेकोछ । कुनै पनि प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अग्र स्थानमा तपाईको नाम आउनेछ । आफन्त तथा साथिभाईहरुको सहयोगले नया कामको थालनि गर्न सकिनेछ । माया प्रेममा खुलेर रमाउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाईमा ध्यान दिनुहोला । व्यावसायमा मन्दि आउँनेछ ।

Leave A Reply

Your email address will not be published.