भारतमा एकै दिन ५२९ नयाँ संक्रमित, मृत्यु हुनेकाे संख्या ९९ पुग्याे

0

काठमाडौं, २३ चैत्र । कोरोना भाइरसको संक्रमण दक्षिणी छिमेकी भारतमा पनि बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा ५२९ नयाँ संक्रमित भेटिएका छन् । हालसम्म त्यहाँ कुल संक्रमितको संख्या ३ हजार ५८८ पुगेको छ ।

वल्र्डोमिटर्सका अनुसार अहिलेसम्म भारतमा ९९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । शनिबार भारतमा एकै दिन १३ जनाको मृत्यु भएको छ ।

भारतमा कुल संक्रमितमध्ये २२९ जना उपचारपछि निको भएका छन् । बाँकी ३ हजार २६० जना उपचाररत रहेको वल्र्डोमिटर्सको तथ्यांकमा जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.