सूर्यविनायकबाट धुलिखेलसम्म छ लेनको सडक बनाउन रुख क’टान शुरु

0

भक्तपुर, १४ असार – सरकारले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको सडक छ ले’नमा बिस्तार गर्ने भएपछि सडकको दायाँबायाँका रुख का’ट्न शुरु गरेको छ ।आगामी आर्थिक वर्षमा करिब १२ किलो मिटर सडक विस्तारका लागि सरकारले रु एक अर्ब बजेट वि’नियोजन गरेपछि अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक भुलाँचादेखि साँगा सडकको दायाँबायाँका रुख का’ट्न शुरु गरिएको सूर्यविनायक नगरपालिकाका वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

डिभिजन सडक कार्यालय र डिभिजन वन कार्यालयको सहकार्यमा सूर्यविनायक भु’लाँचादेखि साँगासम्मको करिब चार किलोमिटर सडकको दायाँबायाँका विभिन्न जातका ३८० रुख का’ट्न शुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो ।सडक विस्तारको डिपिआर निर्माण भइरहेको सो सडक वि’स्तारका लागि सडकको मा’पदण्डभित्रका संरचना ह’टाउने, सि’माङ्कन गर्ने कार्य भइरहेका अवस्थामा अरनिको राजमार्ग खण्डको बूढो रुखले दु’र्घटना निम्त्याउनसक्ने भएकाले का’ट्न थालिएको उहाँको भनाइ छ ।

एकातिर सडक बिस्तार गरिने र अर्कोतर्फ आ’यु सकिएका बुढा रुख सडक दायाँबायाँ हुँदा हावाहुरीले ढ’लेर दु’र्घटना हुनसक्ने जो’खिम पनि उत्तिकै रहेको छ । सडक किनाराका रुख का’ट्न र व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७६/७७ मा करिब रु ३५ लाख वि’नियोजन भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामकृष्ण केसीले जानकारी दिनुभयो । रुख क’टानबाट निस्किएको करिब ११ हजार २०० क्युविकफिट काठ र १५ चट्टा दाउरा लि’लाम गरिने भएको छ ।रासस

Leave A Reply

Your email address will not be published.