सोच्नै नसक्ने गरि एकासी घट्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य

0

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज सोमबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २–२ रुपयाँका दरले मूल्य घटाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट मूल्य घटेर आएकाले नेपालमा समायोजन गरिएको निगमले जनाएको छ। अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १०६ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ कायम भएको छ। निगमका अनुसार घटेको मूल्य सोमबार राति १२ बजेदेखि लागू हुने छ ।

दुई साताअघि पनि निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर चार रुपैयाँ ५० पैसा मूल्य घटाएको छ । समायोजनपछि आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर ९० कायम भएको छ ।खाना पकाउने एलपी ग्यास र बाह्य उडानतर्फको हवाई इन्धनको मूल्य भने यथावत छ ।अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएसँगै मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.