नेकपा स्थायी समिति बैठक अगाडी अचानक प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगे

0

काठमाडौं, १६ असार । नेपाल कम्युष्टि पार्टी (नेकपा) को स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाको विषय उठाउने कुरा वाहिर आएकै बेला प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका छन् । उनी मंगलवार विहान राष्ट्रपतिलाई भेट्न सितल निवास पुगेका हुन् । स्थायी कमिटि बैठक सुरु हुनुपूर्व प्रधानमन्त्रीले राष्ट्रपति भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले पुष्टि गरेका छन् । उनले राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा कुराकानी भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले मदन भण्डारी स्मृती दिवसका अवसरमा भनाई राख्दै आफुले लिपुलेक समेटेर नक्सा जारी गर्ने निर्णय गरेपछि भारतको इशारामा प्रधानमन्त्रीवाट हटाउने खेल सुरु भएको भन्दै अभिब्यक्ति दिएपछि नेकपाका नेताहरु रुष्ट भएका छन् । नेताहरुले वैठक र आन्तरिक छलफलमा कहिल्यै विषयनै नबनेको राजिनामाको कुरा प्रधानमन्त्री आफैले उठाएर फायर खोलेको बताएका छन् ।

नेताहरुले प्रधानमन्त्री आफैले फायर खोलेपछि अबको स्थायी समिति बैठकमा राजिनामाको विषय उठ्ने बताएको समाचार वाहिरिएको थियो । पार्टी स्थायी समितिमा चर्कौ आलोचना खेपीरहेका बेला प्रधानमन्त्री ओलीले आइतबार मदन भण्डारीको जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा दिएको सो भनाईले थप अप्ठेरोमा परेका छन् ।

प्रधानमन्त्रीको सो भनाइको पार्टीभित्र र बाहिर चौतर्फी रुपमा विरोध हुँदै आएको बेलामा पार्टी बैठकको पुर्व सन्ध्यामा राष्ट्रपतिलाई भेट्न पुग्नुलाई चासोका साथ हेरिएको छ । बारम्बार बैठक टार्दै आएका प्रधानमन्त्री पछिल्लो समय जारी बैठकमा पनि समय दिने गरेका छैनन् । उनी केहीबेर मात्र बैठकमा बसेर आफ्ना कुरा राखिसकेपछि निस्कने गरेका छन् ।

स्थायी समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी छन्। आजको बैठकमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका सचिवालयका नेताहरुले बोल्ने कार्यक्रम रहेको छ।

Leave A Reply

Your email address will not be published.