नवराज विकलाई सरकारले गर्यो यस्तो पुरस्कार दिने घोषणा

0

काठमाडौं । दैलेख जाजरकोट घटनामा ज्यान गुमाएका नवराज विकलाई सरकारले मरणोपरान्त पुरस्कार दिने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उनलाई पुरस्कार दिने घोषणा गरेको हो । मन्त्रालयले विभिन्न विधाका स्रष्टालाई प्रदान गरिने पुरस्कारको घोषणा गर्दा उनको नाम पनि परेको छ ।

मन्त्रालयले आइतबार भएको मन्त्रिस्तरको निर्णयबाट राजनीतिक तथा सांस्कृतिक परिवर्तन, भाषा, साहित्य, संस्कृति र नाटक विधामा पुरस्कृत हुने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको जानकारी दिएको थियो ।

सो अन्र्तगत समाज सुधार अभियान विधातर्फ २०७६ सालको भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार जाजरकोटका नवराज विकलाई मराणोपरान्त दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । अन्तरजातिय विवाह गर्न गएका नवराजको गत जेठ १० गते ह त्या भएको थियो । उनी सहित वेहुली लिन साथी बनेर गएका उनका अन्य ५ जना साथी पनि मृत अवस्थामा भेरी नदिमा फेला परेका थिए ।

सो घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसैगरी महाविर पुनले पनि पुरस्कार पाउने भएका छन् । २०७६ सालको साहित्य, संस्कृति र विज्ञान विधातर्फको पुष्पलाल राष्ट्रिय पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई दिने निर्णय गरेको छ । यो आविष्कार केन्द्रका संस्थापक महावीर पुन छन् ।

Leave A Reply

Your email address will not be published.