ओली–प्रचण्डबीच चर्काचर्की : भारतले होइन मैले भनेको हो, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस्

0

काठमाडौं। सत्तारुढ नेकपाको स्थायी समिति बैठकमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेपछि हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीको पछिल्लो कृयाकलाप र अभिब्यक्तिका कारण पार्टीकै शिर्ष नेताहरु ओलीसंग रिसाएका थिए ।

प्रधानमन्त्री ओलीले आइतवार आयोजित मदन भण्डारी स्मृति सभामा आफुले नेपालको नयाँ नक्सा जारी गरेपछि प्रधानमन्त्रीवाट हटाउन भारतसंग मिलेर चलखेल गरेको अभिब्यक्ति दिएका थिए ।

आफुहरु माथि प्रधानमन्त्रीले त्यती ठूलो आरोप लगाएपछि नेकपाका नेताहरु रुष्ट भएका थिए । बैठकमा उठ्दै नउठेको विषयमा प्रधानमन्त्रीले आफै अनावश्यक टिप्पणी गरेपछि अप्ठेरोमा परेका हुन् । प्रधानमन्त्रीको सो अभिब्यक्तिपछि आजको वैठकमा राजिनामा माग्ने आँकलन सहितको समाचार प्रकाशन भएके थियो । नेकपाका केही नेताहरुले प्रधानमन्त्रीले नै फायर खोलेपछि मंगलवारको बैठकमा उनको राजिनामा माग गर्ने बताएका थिए । नभन्दै अध्यक्ष प्रचण्डले नै प्रधानमन्त्रीको राजिनामा माग गरेका छन् ।

मंगलबारको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीले राजिनामा दिनुपर्ने प्रस्तावमा बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पनि समर्थन जनाएका छन् । उनीहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएकाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका हुन्।

बैठकको सुरुमै बोल्न थालेका अध्यक्ष प्रचण्डले नै राजिनामाको कुरा उठाएका थिए । मन्त्यब्यको अन्त्यमा कडा रुपमा प्रस्तुत भएका उनले पछिल्ला राजनीतिक घटनाक्रमको व्याख्या गर्दै यस अवधिमा भएका गल्ति कमजोरी औँल्याएका थिए। त्यसपछि प्रचण्डले प्रधानमन्त्री ओलीले आइतबार ‘सरकार ढाल्न भारत र नेपालकै केही राजनीतिक शक्ति सक्रिय रहेको भन्ने’ भनाईतिर संकेत गर्दै राजिनामा मागेका थिए ।

प्रचण्डले बैठकमा भनेका छन् ‘बुधबारको बैठकमै मैले तपाईँबाट सरकार र पार्टी सञ्चालन राम्रो नभएको बताएको हुँ, अहिले फेरि पनि भन्छु राजीनामा दिएर मार्ग प्रशस्त गर्नुस्।’मंगलवारको बैठकमा आफ्नो राजिनामाको कुरा उठ्ने आँकलन गरेका प्रधानमन्त्री ओली बैठक सुरु हुन अघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । उनी करिब ४० मिनेट सितल निवासमा विताएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.