क्वारेन्टाइनबाटै अभिनेता रणवीर र दीपिकाले गरे कोरोनाविरुद्धको संक्रमणमा आर्थिक सहयोग

0

काठमाडौ, चैत २३ – बलिउडमा यतिबेला स्टार कलाकारहरू मन खोलेर सरकारलाई कोरोनाविरुद्धको संक्रमणमा आर्थिक सहयोग गरिरहेका छन् । आर्थिक सहयोगसँगै सलमान खान, शाहरुख खानजस्ता अभिनेताले मानवीय कार्य पनि गरिरहेका छन् ।

यसैक्रममा होम क्वारेन्टाइनबाटै अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेका छन् । अभिनेत्री दीपिकाले आफूले पनि प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गरेको ट्वीटमार्फत उल्लेख गरेकी छन् । केही नायिकाले सहयोगको क्रममा रकम नखुलाएपछि सोही तरिका अपनाउँदै दीपिका र रणवीर दम्पतीले कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् ।राजधानि दैनिकमा खबर छ ।

कति रकम प्रदान गरियो भनेर आर्थिक रूपमा खुलाउन आवश्यक नभएको अभिनेत्री दीपिकाको कथन छ । यो बेला कोरोना संक्रमणविरुद्ध लड्न भारतमा एकता र सहयोगको आवश्यकता छ भन्दै दीपिकाले सकेको सहयोग गरिबहरूका लागि गर्न आह्वान गरेकी छन् ।

Leave A Reply

Your email address will not be published.